Logo

बाल अश्लिलता भएको श्रव्यदृश्य पठाई नाबालिकालाई हैरानी फैलाउने पक्राउ



काठमाडौं, २९ असोज । श्रव्यदृश्य मार्फत बाल अश्लिलता फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका बस्दै आएका प्रविण ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

ढकालले सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरबाट बाल अश्लिलता भएको श्रव्यदृश्य पठाई नाबालिकालाई अमर्यादित कार्य गर्ने, हैरानी गर्ने समेत कार्य गरी विद्युतीय कारोबार ऐन अनुसार कसुरजन्य कार्य गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले ढकालमाथि सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्