Logo

कमल थापालाई कोरोना संक्रमण



काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् ।

थापाले आफूलाई बुधबार सामान्य टाउको दुखेपछि पिसिआर परिक्षण गरेको र रिपोर्ट पोजेटिभ देखिएको बताए । उनले आफ्नो अवस्था सामान्य रहेको खुलाए । थापाले आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्