Logo

नयाँ मन्त्रीसहितको मन्त्रिपरिषद बैठकद्वारा सचिवहरुको सरुवा



काठमाडौं, २९ असोज । सरकारले नयाँ मन्त्री थपेसँगै बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो । दशैंको मुखमा सचिवहरु ठुलो संख्यामा सरुवा भएका हुन् ।

सरुवा भएका सचिवहरुमा रवीन्द्रमान श्रेष्ठ भौतिक पूर्वाधार मन्त्रालयमा लगिएका छन् । यादव कोइरालाले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा पाएका छन् ।

एकनारायण अर्याल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, देवेन्द्र कार्की जल तथा ऊर्जा आयोग, रमेशप्रसाद सिंह शहरी विकास, केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालय, खगराज बराल प्रधानमन्त्री कार्यालय, रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमनको कार्यालय र सूर्य प्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलमा नयाँ मन्त्री बनाएर केहीको जिम्मेवारी हेरफेर गरेलगत्तै सचिव सरुवा गर्नुलाई अर्थपूर्ण मानिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्

Screenshot