Logo

विवाहको चर्चासँगै नेहा कक्कडले रोहनलाई सेयर गरिन् रोमान्टिक फोटो



एजेन्सी, ३० असोज । चर्चित गायिका नेहा कक्कड अहिले चर्चामा छिन् । नेहा प्रख्यात पन्जाबी गायक रोहनप्रीत सिंहसँग डेट गरिरहेकी छिन् । यसको जानकारी नेहा आपेःले केही दिन अगाडि गरेकी हुन् । नेहाले तिमी मेरो हो भन्दै रोहनलाई इन्स्टाग्राममा तस्वीर सेयर गरेर पुष्टि गरेकी थिइन् ।

रोहनसँग डेट र अब हुने विवाहको कारण समाजिक सञ्जाल तातिरहेको छ । विवाहको समाचार साचो हो वा झुठ समयले नै बताउला । तर नेहाले रोहनको साथमा लगातार फोटो सेयर गरेर फ्यानहरुको उत्साहलाई भने कम गराएकी छैनन् ।

विवाहको समाचार सेलाउन नपाउदै फेरी नेहाले रोहनप्रीत सिंह सँगको एक रोमाण्टिक तस्वीर इस्टाग्राममा सेयर गरेकी छिन् । यस फोटोमा रोहनले नेहालाइृे समातेका छन् र दुवैले एक अर्कालाई आँखा जुधाइरहेका छन् । दुवैले कालो रंगको कपडा लगाएका छन् । दुवैजना एकसाथमा हुँदा राम्रो महसुस गरिरहेका छन् । फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘जब उहि मिट ’ ।

नेहाको विवाहलाई लिएर मानिसहरु अलमलमा परिरहेका छन् । नेहाले सेयर गरेको एक फोटोमा ‘नेहा कक्कड वेड्स रोहनप्रीत’ लेखिएको थियो । तर त्यो उनको गीतको पोस्टर थियो । गीतको टाइटल ‘नेहु द व्याह’ जुन अक्टोवरमा रिलीज हुँदै छ ।

 



प्रतिक्रिया दिनुहोस्