Logo

केन्टको दशैं र तिहारलाई लक्षित ग्राहक योजना सार्वजनिक



काठमाडौं, ३० असोज । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल. प्रालिले दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि रुचाएको केन्ट आर.ओ.ले नेपालको दशैं र तिहारलाई लक्षित गर्दै “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्” भन्ने नारासहित अफर सार्वजनिक गरेको हो ।

जसअनुसार केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा चार वटा एल.ई.डी. बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना अश्विन १ देखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।  आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् ।

पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।



प्रतिक्रिया दिनुहोस्