Logo

सिडी विजयको पुतली सार्वजनिक (भिडिओसहित)



काठमाडौं, १ कार्तिक । द भ्वाइस अफ नेपाल सिजन वानका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रमाइलो रोमान्टिक गीत पुतलीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमेरिका निवासी प्रोफेसर कैलाश घिमिरेको रचना रहेको गीतमा राजेश थापाको संगीत रहेको छ । जसलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिंग मास्टररिंग गरेका छन् ।

गीतमा मोडल गरिमा शर्माका साथ चलचित्र लम्फुबाट डेब्यु गरेका नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन् । मनपराएको प्रेमिकालाई साथीहरुको सहयोगमा फकाउँदै गरेको रोमान्टिक अवस्था म्युजिक भिडियोमा देख्न सकिन्छ । यसका साथै म्युजिक भिडियोमा गाउँघरमा आउँदै गरेको दसैंको माहौललाई रमाइलो ढंगबाट उतारिएको छ ।

म्युजिक भिडियोलाई उत्सव दाहालको छायांकन, नविन निरौलाको सम्पादन, दिपेन गौतमको निर्माण व्यवस्थापनमा तयार गरिएको छ । सुबोल थापाको नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्



प्रतिक्रिया दिनुहोस्

Screenshot