Logo

नेकपा कर्णाली प्रदेशका पदाधिकारीसँग प्रधानमन्त्रीको गहन छलफल, कँडेलले घण्टौं लगाएर सुनाए समस्या



काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कर्णाली प्रदेशका पदाधिकारीसँग छलफल गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको सरकारमा समस्या आउनुको प्रमुख कारण के हो ? किन यसरी विवाद भयो ? भनेर नेताहरुलाई सोधेका थिए । छलफलमा सहभागी नेता गुलाबजंग शाहले दिएको जानकारीअनुसार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ५ देखि ७ मिनेट मात्रै बोलेका थिए भने नेता यमलाल कँडेलले एक घण्टा पन्ध्र मिनेट बोलेका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीसँगै महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी थिए । शाहका अनुसार प्रधानमन्त्री ओली र महासचिव पौडेलले नेताहरुको कुरा ध्यानपूर्वक सुनेका थिए । नेकपाको कर्णाली प्रदेशमा कसरी समस्या उत्पन्न भयो ? भन्ने कुरा सबै नेताले आफ्नो कुरा राखेका थिए । शाहले पार्टीको विवाद चाँडै हल हुनेमा आफूहरु विश्वस्त रहेको पनि सुनाए । प्रधानमन्त्री ओलीले समस्याको समाधान गरेर मात्रै जान भन्दै नेताहरुलाई अझै दुई चार दिन काठमाडौंमै बस्न भनेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot