Logo

बाह्य पर्यटन खुल्यो बढ्न थाल्यो चासो



काठमाडौं, कत्तिक २। लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ ।

बहराइनका राजकुमार मोहमेद हमाद मोहमेद अल खालिफाले नेतृत्व गरेको १८ सदस्यीय टोलीले सोलुखुम्बुस्थित छ हजार ११९ मिटर अग्लो लोबुच्चे र गोरखाको मनास्लु (आठ हजार १६३ मिटर)को सफल आरोहण गरेर काठमाडौँ आइपुगेको हो ।

कोेरोनाको प्रतिकूल अवस्थामा पनि पर्वतारोहणमा टोलीका कुनै पनि सदस्यलाई कुनै समस्या नभई सहज तरिकाले पर्वतारोहण सम्पन्न भएको टोलीको पर्वतारोहण नेतृत्व गरेको तासी शेर्पाले बताए । उनले यसले नेपालमा आगामी सिजनमा पर्वतारोहण गर्न सकिने सन्देश पनि दिएको बताए ।

चासो बढ्यो
सरकारले शनिबारदेखि विदेशीका लागि नेपाल भ्रमण खुला गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सोहीअनुसार विशेष गरी आगामी सिजनमा पर्वतारोहण गर्न चाहनेले सोधपुछ गर्न थालेका छन् । सेभन समिटका तासी लाक्पा शेर्पाका अनुसार करिब दुई सय पर्वतारोहीले पर्वतारोहणको चासो देखाएर प्रक्रिया अगाडि बढाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशीका लागि आजदेखि नेपाल आउन खुला भए पनि अत्यन्तै थोरै सङ्ख्यामा मात्र आउन चाहने देखिएका छन् । कोभिड–१९ का कारण सरकारले तय गरेको प्रोटोकल अत्यन्तै झन्झटिलो भएकाले पनि पर्यटक निरुत्साहित भएको उनको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot