Logo

प्रवासमा दसैंः कोरोनाले खल्लो



काठमाडौं, कार्तिक २ । दसैं नेपालीको महान चाड हो। नेपालमा मात्र होइन नेपालबाहिर पनि दसैं मनाउने चलन बढ्दै गएको छ। नेपालबाहिर ८० लाखभन्दा बढी नेपाली कार्यरत छन्। प्रवासमा पनि नेपाली आपसमा भेटघाट गर्ने, मान्यजनबाट टीकाजमरा लगाउने, खसी काट्ने, नयाँ लुगा लगाउने र साथीभाइसँग रमाइलो गर्ने चलन छ।

विदेशमा नेपाली समुदायले सञ्चालन गरेको संघसंस्था टन्नै छन्। संघसंस्थाले नेपाली चाडपर्व दसैंतिहार, तीजको अवसर पारी विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्छन्। जसले नेपाली समुदायलाई यस्ता चाडपर्व र चाडपर्व लक्षित कार्यक्रमले संगठित र एकीकृत हुन सघाउ पुर्‍याउँछ। विदेशका कुनाकाप्चामा वैदेशिक रोजगार, व्यापार÷व्यवसाय, अध्ययन अध्यापनलगायत विविध क्षेत्रमा नेपाली काम गर्दै आएका छन्। गैरआवासीय नेपालीले अन्य पर्वको तुलनामा दसैंलाई विशेष रूपमा सम्झिने गरेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ५४ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिइसकेका छन्। भारत रोजगारीमा जान श्रम स्वीकृति लिनु पर्दैन। अधिकांंश नेपालीको जनघनत्व भारतसहित मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा बढी छ।

संयुक्त अरब इमिरेट्स ९यूएई०मा कार्यरत जीके दंगाली एक दशक अघिदेखि वैदेशिक रोजगारीमा छन्। ‘प्रवासमा दसैंलाई महत्वका साथ हेर्ने चलन छ,’ उनले भने, ‘आफन्त, इष्टमित्रबाट आशीर्वाद लिने, खसी काट्ने, टीकाजमरा लगाउने चलन स्थापित भएको छ।’ नेपाली धेरै भएका कम्पनीमा दसैंका बेला बिदा दिने चलन पनि छ। कम्पनी दैनिकजसो चले पनि नेपाली समुदाय टीकाको दिन बिदा लिएर दसैंं मनाउने गरेको दंगालीले बताए।

‘प्रवासमा हुँदा पनि कम्पनीमै कार्यरत अग्रज पुस्ताबाट टीकाजमरा लगाउने चलन’, उनले भने। तर यो वर्ष विश्वव्यापी रूपमा फैलिएको कोभिड—१९ ले प्रवासमा पनि दसैंको बेला खल्लो महसुस गराएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot