Logo

कोरोना संक्रमित कमल थापा आइसीयूमा भर्ना



काठमाडौं, कार्तिक २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। कोरोना संक्रमित थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ। थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। हाल ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot