Logo

जुवाडे पक्राउ



कैलाली, २ कात्तिक । तास खेलिरहेको अवस्थामा १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका श्रीलंकाका प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत १३ जना पक्राउ परेका हुन् ।

उनको घरमा तास खेलाइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३५ हजार १ सय ५० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्