Logo

तीन बालिका बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ



तनहुँ, २ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पुरुषहरु पक्राउ परेका छन् । १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया तीनजना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका दुधेकुनाका ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती बालिकाहरूलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot