काठमाडौं, २ कात्तिक । पूर्व स्वास्थ्यमन्त्री डा. डम्बरनारायण यादवको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विराटनगरस्थित विराट नर्सिङ होममा आज उपचारका क्रममा निधन भएको हो ।
यादव लामो समययता मुटुको समस्यासँग जुध्दै आएका थिए । सप्तरीको बथानस्थित घरमा बस्दै आएका उनी चार दिनअघि अचानक बेहोश भएपछि अस्पताल लगिएका थिए । यादवको एक छोरा एक छोरी छन् ।
यादव २०४० सालमा लोकेन्द्रबहादुर चन्द नेतृतवको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री थिए । उनी २०३६ सालमा सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री भएका थिए । प्रजातन्त्र स्थापनापछि उनी नेपाल सद्भावना पार्टीमा लागेका थिए । पछिल्लो समय उनी राजनीतिमा निष्कृय रहेका थिए ।