Logo

कोरोनाबाट थप १२ जनाको निधन



काठमाडौं, २ कात्तिक । नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप १२ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुनेको सख्या ७ सय ३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २९ सय ४२ जना थपिएका छन् । २३ सय २६ जना कोरोना संक्रमण निको भई घर फर्केका छन् । देशभर संक्रिय संक्रमितको सख्या ३९ हजार ३ सय ४१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्