Logo

सबै अस्पतालले ५० प्रतिशत शय्या कोभिडको लागि छुट्टाउनुपर्ने



काठमाडौं, २ कात्तिक । सबै निजी तथा सरकारी अस्पताललाई कुल शय्याको ५० प्रतिशत शय्या कोभिड बिरामीको लागि छुट्टाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । आइतबार नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सबै निजी तथा सरकारी अस्पताललाई कोविडका बिरामीको लागि ५० प्रतिशत शय्या छुट्टाउन आग्रह गरेका हुन् ।

सरकारका प्रवक्ता डा.गौतमले आइसियु लगायतका सबै प्रकारका पुर्वाधारहरु कोविडका लागि छुट्टाउन आग्रह गरेका हुन् । हालसम्म निजी तथा सामुदायिक र सरकारी अस्पतलाले २० प्रतिशत र मेडिकल कलेजहरुले ३३ प्रतिशत शय्या छुट्टाउदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot