Logo

फुलहाम र सेफड युनाइटेडले पहिलो अंक जोडे



एजेन्सी, २ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहाम र सेफिल्ड युनाइटेडले पहिलो अंक जोडेका छन् । जारी लिगमा पाँच खेल खेलेपछि बल्ल दुई टोलीले १-१ को बराबरी खेल्दै अंक जोडेका हुन् ।

फुलहाम अंकतालिकामा पुछारबाट दोस्रो र सेफिल्ड चौंथो स्थानमा छ । खेलको ७७ औं मिनेटमा फुलहामले अग्रता लिएपछि सेफिल्डले ८५ औं मिनेटमा सार्पको पेनाल्टीबाट बराबरी गरेको हो ।

यसैगरी, क्रिस्टल प्यालेस र ब्रिगटनले पनि १-१ को बराबरी खेलेका छन् । जारी सिजनमा प्यालेसको प्रदर्शन राम्रो रहँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot