Logo

सक्रिय संक्रमित ३९ हजार नाघे



काठमाडौं, कार्तिक ३ । देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको छ । जसमध्ये २६ हजार ४०८ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १६ हजार ७ सय ६५ जना होम आइसोलेसनमा छन् । यस्तै, प्रदेश १ मा ४ हजार १ सय २०, प्रदेश २ मा ८ सय १४, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८१, सुदूरपश्चिम प्रदेशमा ६ सय ९०, गण्डकी प्रदेशमा ९ सय ३० र कर्णाली प्रदेशमा ८ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हाल ६६ जना भेन्टिलेटरमा र ३ सय १ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आइतबार देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ छ । योसँगै हालसम्म ९२ हजार १ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ३९ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot