Logo

नागढुंगा–मलेखु सडक स्तरोन्नतिः तिहारअघि नै १६ अर्बको ठेक्का निकालिँदै



काठमाडौं, कार्तिक ३ । सडक विभागले दशैंतिहारकै बीचमा संघीय राजधानी जोड्ने नागढुंगा–मलेखु खण्डको सडक स्तरोन्नतिका लागि रू। १६ अर्बको टेन्डर आह्वान गर्दै छ ।

गत जेठ अन्तिम हप्ता विश्व बैंकले ऋण सहायता स्वीकृत गरेसँगै विभागले ९६ किलोमीटर ९किमी०को नागढुंगा–मलेखु खण्डको विस्तारका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय टेन्डर आह्वान गर्ने भएको हो ।

विकास साझेदार विश्व बैंकको ऋण सहायतामै २०४८ सालमा बनेको उक्त सडक खण्डको स्तरोन्नतिका साथै २२ ओटा नयाँ पुल निर्माणका लागि विभागले टेन्डर आह्वान गर्न लागेको हो ।

विश्व बैंकले नेपालका सडक सुधार र सडक सुरक्षाका लागि रू। ५४ अर्ब २८ करोड ९४५० मिलियन अमेरिकी डलर० ऋण सहायता स्वीकृत गरेको थियो । त्यसमध्ये पहिलो चरणमा नागढुंगा–मलेखु खण्डको सडक स्तरोन्नति गरिने भएको हो । यो खण्डको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot