Logo

२ महीनाभित्र सम्राट सिमेन्टले उत्पादन थाल्ने



काठमाडौं, कार्तिक ३ । बन्दाबन्दीकै अवधिमा अर्बौं लगानी सरकारबाट स्वीकृत गराएका २ ठूला सिमेन्ट उद्योगहरू अहिले उत्पादन शुरू गर्ने र कानूनी तथा कागजी प्रक्रिया पूरा गर्ने तयारीमा छन् ।

कुल ४७ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेका दाङ र सम्राट सिमेन्टमध्ये सम्राटले अबको डेढ र २ महीनाभित्र क्लिंकर उत्पादन गर्नेछ भने दाङ सिमेन्ट कानूनी प्रक्रियाहरू सम्पन्न गर्न अग्रसर छ । दाङले भने ३ वर्षभित्र उत्पादन थाल्ने बताएको छ ।

बन्दाबन्दीका बेला नयाँ लगानी विस्तार गरेका यी दुई उद्योगको लगानी लगानी बोर्ड नेपालले असार ५ गते स्वीकृत गरेको थियो । दाङको कुल लगानी ३२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सम्राट सिमेन्टले लगानी विस्तार गरी १५ अर्ब ५ करोड रुपैयाँ पु¥याएलगत्तै दैनिक ४ हजार ५०० मेट्रिक टन क्लिंकर उत्पादन गर्ने तयारी थालेको छ । यस्तै सिमेन्ट पनि प्रतिदिन ३६ सय मेट्रिक टन उत्पादन गर्ने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot