Logo

भ्याक्सिन र अमेरिकी आर्थिक सहायताको अपेक्षासँगै एशियाली शेयर बजारमा बढोत्तरी



३ कार्तिक। अमेरिकी वित्तीय प्याकेज र यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको भ्याक्सिन आउने अपेक्षासँगै सोमबार एशियाली शेयर बजारमा बढोत्तरी देखिएको छ। केही दिन पहिले मात्र पनि एशियाली शेयर बजार साढे ३ वर्षको उचाईमा पुगेको थियो।

सोमबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक ०.६ प्रतिशतले बढेको छ। यो सूचक लगातार दोस्रो कारोबार दिन बढेको हो।

कोरोना भाइरको भ्याक्सिन आउने र योसँगै जोखिम कम हुने अपेक्षासँगै यो सूचकमा पछिल्लो १० सेसनमध्ये ८ सेसनमा बढोत्तरी देखिएको छ।

यसैगरी चीनमा आर्थिक गतिविधिमा सुधार हुने विभिन्न संकेतसँगै चिनीयाँ शेयर ब्लू–चिप इन्डेक्समा बढोत्तरी देखिइरहेको छ।

यता जापानको निक्केई सूचक र अस्ट्रेलियाको बेन्चमार्क इन्डेक्स १.१ प्रतिशतले बढेको छ। यसैगरी, एस एण्ड पी ५०० सूचक एशियाली कारोबारमा ०.६ प्रतिशतले बढेको छ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot