Logo

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ



झापा, ३ कात्तिक । श्रीमतीको हत्या गरेको अभियोगमा ३४ वर्षीय पुरुष पक्राउ परेका छन् । श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका समायोजन टोलका पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पर्वतले सामान्य बिबादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय काकँभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot