Logo

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छ भने संघीय सरकारले सम्वाद गरेर फिर्ता ल्याउनुपर्छ’ : मुख्यमन्त्री शाही



काठमाडौं, ४ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चीनले नेपाली भूभाग मिचेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यसमा संघीय सरकारले छानबिन गर्नुपर्ने र चीनसँग सम्वाद गरेर यदि मिचिएको छ भने फिर्ता ल्याउनुपर्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

उनले भने,‘त्यहाँबाट निर्वाचित प्रदेश सांसद जीवन बहादुर शाहीले धेरै ठाउँमा ईन्टरभ्यु दिएको कुरा मैले सुनेको छु । उहाँ आँफै पनि त्यहाँ गएर भिजिट गरेर आएको फोटो मैले देखेको छु । यसका बारेमा बोल्ने वा नबोल्ने भन्दापनि नेपालको भूमि अतिक्रमण हुन दिनुहुँदैन् । नेपालको एक ईन्च भूमि पनि अतिक्रमण हुन दिनुहुँदैन् । यसमा हाम्रो भूमि कहीँ कतै दायाँ बायाँ भएको छ भने हाम्रो भूमि फिर्ता गर्न हामी लाग्नुपर्छ । कुनै राष्टले हाम्रो भूमि अतिक्रमण गर्छ भने हामी कसैलाई पनि यो स्विकार्य हुँदैन् । आफ्नो भूमि रक्षाको लागि हामीले आवश्यक पहलकदमी चाल्छौं ।’

अन्तर्राष्ट्रिय सिमाको कार्यक्षेत्र संघीय सरकारको भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले भने,‘संघीय सरकराले यसको बारेमा अध्ययन गर्नुपर्छ । अतिक्रमण भएको छ भने दुई पक्षबीच (चीन) सँग सम्वाद अघि बढाउनुपर्छ । नेपाली भूमि फिर्ता ल्याउनुर्पर्छ ।’ उनले आफ्नो दुई वर्षको कार्यकालमा कति सफल वा असफल भन्ने कुरा त्यो जनताले भन्ने हो ।”



प्रतिक्रिया दिनुहोस्