Logo

तनहुँमा हातहतियार बरामद



काठमाडौं, ४ कात्तिक । विभिन्न हातहतियार र जंगली जनाबरको जस्तो देखिने छाला प्रहरीले बरामद गरेको छ । सोमबार तनहुँ बन्दीपुर गाउँपालिका ज्यामिरेस्वाराबाट २ थान चाइनिज पेस्तोल, १ थान जंगी राउन्ड, १ तान ड्यामे राउन्ड, सोही पेस्तोलको २ थान म्यग्जिन, २ थान जंगली जनाबरको जस्तो देखिने सिङ र ५ थान जंगली जनाबरको जस्तो देखिने छाला सोमबार दिउँसो प्रहरीले बरामद गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय भानु मुकाम, ईलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले वीरेन्द्र गुरुङ समेत बस्दै आएको सोही ठाउँस्थित ४० वर्षीय अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियार लगायत अन्य सामान फेला पारी बरामद गरेको जनाएको छ । उक्त घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यस्तै अछाम, ढकारी गाउँपालिका भरामस्थित बासपानीको जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot