Logo

१२ जुवाडे पक्राउ



मोरङ, ४ कात्तिक । तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । रतुवामाई जामबाडीस्थित टहरोमा तास खेलिरहेको अवस्थामा नगद १४ हजार २ सय ७० रुपैयाँ, मलेसियन रिङ्गेट ६ सय र १२ बुक तास सहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रतुवामाईका गोपाल कटुबाल, गणेश कार्की, दिनेश बस्नेत, नरेन्द्र रिजाल, गणेश गौतम, नन्दराज फुयाल, फणिन्द्र बुढाथोकी, झंकराज कोइराला, रामभक्त भट्टराई,सन्तोष रिजाल, राम कार्की र मनोज उप्रेती रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । साथै उनीहरुले प्रयोग गरेको को.३२ प ५१९२, को.३५ प ६१८६ र को.२२ प ९३७९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

उनीहरुमाथि जुवा ऐन अन्तर्गत आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्