Logo

भाडा खसालेको निहुमा काकाको हत्याका अभियुक्त ६ महिनापछि पक्राउ



कास्की, ४ कात्तिक । काकाको हत्या गरेको अभियोगमा ४६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ५५ वर्षीय टंक बहादुर तामाङको हत्या गरेको अभियोगमा ओखलढुंगा सुनकोशी बान्द्रे घर भएका ईन्द्र बहादुर तामाङ आइतबार पक्राउ परेका हुन् ।

पोखरा बिसौना बिजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका टंक बहादुर वैशाख १ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा उक्त कार्यमा संलग्न ईन्द्रलाई लमजुङ मध्यनेपाल सोतीपसलबाट पक्राउ गरेको जनाएको छ ।

गत वैशाख २० गते बेलुका टंक र ईन्द्र समेतका व्यक्तिहरुले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको बिषयमा टंक र ईन्द्रबीच चर्काचर्की झगडा हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

ईन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot