Logo

श्रोत नखुलेको रकम सहित पक्राउ



मोरङ, ४ कात्तिक । श्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । विराटनगर तानक चोकबाट श्रोत नखुलेको ४ लाख १० हजार रुपैयाँ सहित सोही स्थानका अमिर चन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले उक्त श्रोत नखुलेको रकम सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot