Logo

पहिलो त्रैमासमा राजस्व लक्ष्य भेट्न कठिन



काठमाडौं, कार्तिक ५ । सरकारले चालू आर्थिक वर्षको बजेटमा राजस्वका लक्ष्य महत्त्वाकांक्षी राख्दा आर्थिक गतिविधि ठप्पसरह भएका बेला पहिलो त्रैमासमा लक्ष्य भेट्नै कठिन परेको छ ।

लामो बन्दाबन्दी तथा निषेधाज्ञा साउनदेखि अलि खुकुलो भएसँगै पहिलो त्रैमासमा राजस्व संकलनमा सुधार देखियो तर सरकारको लक्ष्य भने भेट्न कठिन देखिएको छ ।

पहिलो त्रैमासमा सरकारले राजस्व संकलन वार्षिक लक्ष्यको करीब साढे १७ प्रतिशत मात्रै प्राप्ति गरेको छ । सरकारी आँकडाअनुसार चालू वर्षको साउन महीनामा सरकारले वार्षिक लक्ष्यभन्दा १ अर्ब ४६ करोड कम राजस्व संकलन गरेको छ । भदौ महीनामा लक्ष्यभन्दा ११ अर्ब ५३ करोड राजस्व कम संकलन भएको छ । असोज महीनामा ११ अर्ब ९७ करोड राजस्व कम उठेको छ ।

चालू वर्षमा सरकारले १० खर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य बजेटमार्फत लिएको छ । यसमध्ये पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा १ खर्ब ७२ अर्ब राजस्व उठेको सरकारी आम्दानी र खर्चको हिसाब राख्ने अर्थ मातहतको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot