Logo

‘चीनसँगको सम्बन्धलाई उच्च महत्त्व’



काठमाडौं, कात्तिक ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको साझा भविष्यको अवधारणाको नेपालले स्वागत गरेको बताएका छन् ।

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनवादी गणतन्त्र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकलाई मङ्गलबार भर्चुअल रूपमा सम्बोधन गदैै प्रधानमन्त्री ओलीले बीआरआईको माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्न दुई राष्ट्रबीच मानवीयता लक्षित बृहत् सहकार्य गर्दै साझा समुदायको भविष्यका लागि राष्ट्रपति सीले ल्याएको अवधारणाको उच्च सराहना गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतमा आफ्ना धारणा व्यक्त गर्दै ओलीले नेकपाले आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीसँगको मैत्रीपूर्ण सम्बन्धलाई स्वीकार गरेको आजको गोरखापत्र दैनिकले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot