Logo

आज २०७७ कार्तिक ५ गते बुधबारको राशिफल



आज श्री शाके १९४२ बि. स. २०७७ साल कार्तिक ५ गते बुधबार इश्वी सन २०२० अक्टोबर २१ तारिख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष पश्चमी तिथी ज्येष्ठा नक्षत्र शोभन योग कौलव करण चन्द्रंमा बृश्चिक राशिमा प्रातः ०८ः२७ बजे सम्म पश्चात धनु राशिमा आनन्दादि योगमा ध्वांक्ष योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु शारदीय नवरात्र पञ्चमी उपाङ्गललिता व्रत पचलीभैरव यात्रा ९ज्यो.प. सरोज घिमिरे०

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) :  क्रोधको कारण मानसिक चिन्ता रहन सक्छ । बिश्वासिला व्यक्तित्वहरुबाट धोका हुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैरविश्वसनीय कुराका पछि नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : साझेदारी काममा हात नहालेकै बेस हुने छ । जीवनसाथीको साथ÷सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । पारिवारिक कलहमा वृद्धि हुन सक्नेछ । हर कसैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थ्यका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) दम्पत्तिबीच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराबसंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ । शुभचिन्तकको साथ र सहयोगमा वृद्धि हुनेछ । मध्यानपश्चात भने व्यापार व्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्होनु पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा मन प्रशन्न रहनेछ । मध्यानपश्चात तपाईका कार्यका त्रुटिहरु केलाउन प्रतिपक्क्षीहरु हरसमय तत्पर रहनेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सभा सम्मेलनमा सरिक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानीको क्षेत्र सबल रहने छ । पारीवारिक साथ र सहयोगमा वृद्धि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  श्रम परिश्रमको राम्रो कदर हुने समय रहेको छ । अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीको क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अपजस सहनु पर्ला । तपाईका कार्यप्रतिका समर्थकहरुको वृद्धि हुनेछ । साधारण सभासम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  को योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । साधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यसायको क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोज÷भतेरमा सरिक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्टमित्रजनलाई रिझाउन सकिनेछ । स्थिर सम्पतिमा गरीएको लगानी उत्तम रहेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आजको सामान्य खर्चले भोलिलाई फाईदामूलक हुनेछ । प्रिय ब्यक्तिको भेटले मन प्रशन्न रहला । आत्मीय ब्यत्तिmहरुबाट बिश्वासघात भएको महसुस हुनेछ । प्रिय मित्रहरुसँगको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधुराकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । आलस्यतालाई त्याग गरेमा आम्दानी उत्तम रहने सम्भाबना रहेको छ । मध्यानपश्चात मित्रजनहरुको प्रशन्नताका निम्ति सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्राप्त्त हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot