Logo

एपिएफ ईन्टेलिजेन्श विशेष व्यूरोद्धारा ललितपुर हात्तिवनबाट लागुऔषधसहित चार जना पक्राउ



काठमाडौं, ५ कार्तिक । एपिएफ ईन्टिलिजेन्स विशेष व्यूरोले ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १५ हात्तिवन चोकबाट अवैध रुपमा लिएर हिँडेको दुई केजी लागुऔषध (पोलेन), नोफिन र डाईजल्यांगगरी एक सय ५० सेटसहित आज दिउँसो सबा ३ बजे चार जना लागुऔषध कारोबार गर्नेहरु पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वर्ष २७ वर्षका महादेवबेशी गाउँपालिका–४ धादिङका मनिष मगर, र वर्ष २२ वर्षका थाहा नगरपालिका–१२, मकवानपुरका सविन आलेमगर, वर्ष २७ का बन्दिपुर नगरपालिका–५ तनहुँका अजित कुमार श्रेष्ठ र वर्ष ३६ का चन्द्रागिरी नगरपालिका–१४ का राजकुमार रोक्का रहेका छन् । उनीहरुलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot