काठमाडौँ, ६ कार्तिक। सुनको मूल्यमा आएको वृद्धिले पुन : निरन्तरता पाएको छ । कार्तिक ६ गते, बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार पनि सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार चाँदीको भाउ भने घटेको छ । यसदिन तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार भने चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।-मेरोलगानी/File photo