काठमाडौं, ६ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्तालाई लिएर आपत्ति जनाएका छन् । रअ प्रमुख र प्रधानमन्त्री ओलीबीचको भेटवार्ता कुटनीतिक मर्यादाविपरित रहेको पनि रावलको टिप्पणी छ ।
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020
सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले लेखेका छन्,”नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।”