Logo

मनमोहन स्मृति सामुदायिक अस्पताललाई सिद्धार्थ बैंकको सहयोग



काठमाडौं, ६ कार्तिक । सिद्धार्थ बैंक लिमिटेडले कार्तिक ६ गते बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम बैंकका कुमारीपाटी शाखाका हेड अफ सर्कल ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने छ ।



प्रतिक्रिया दिनुहोस्