Logo

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच के-के कुराकानी भयो, डा. राजन भट्टराईले गरे यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री ओलीबीच हिजो साँझ छोटो भेटवार्ता भएको कुरा आफूले थाहा पाएको स्पष्ट पारेका छन् । उक्त भेटवार्ताको क्रममा नेपाल भारत सम्बन्धको विषयमा कुराकानीहरु भएको पनि उनले जनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा डा. भट्टराईले यस्तो बताएका हुन् ।

दुई देशबीचको बहुआयामिक सम्बन्धलाई खलबलिन नदिनेबारे कुराकानी भएको पनि उनले स्पष्ट पारे । कुटनीतिक सम्वाद तथा वार्ताद्धारा आपसी समस्या समाधान गर्न भारत तयार रहेको भनेर गोयलले प्रतिबद्धतता व्यक्त गरेको पनि आफूले सुनेको उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्

Screenshot