Logo

बढ्दै छ हेडसरमा ‘पीएचडी क्रेज’



काठमाडौं, कात्तिक ७ । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत विद्यावारिधि ‘क्रेज’ देखिन थालेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकमा देखिन थालेको विद्यावारिधि आकर्षणले शिक्षाको गुुणस्तरमा समेत सकारात्मक प्रभाव पार्न सक्नेछ ।

काठमाडौँको नीर वाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा जानुका पौडेलले नेपाल संस्कृत विश्वविद्यालयबाट साढे दुई वर्ष पहिले नेपाली विषयमा विद्यावारिधि पूरा गरिन । चितवनको भीमोदय माध्यमिक विद्यालयका प्रअ डा हरिप्रसाद कँडेलले पनि व्यवस्थापन विषयमा पीएचडी उपाधि हासिल गरेपछि पनि विद्यालयलाई निरन्तर नेतृत्व गरिरहेका छन् ।

यति मात्र होइन पीएचडी तहको उपाधि लिन विश्वविद्यालयमा आबद्ध हुने क्रम निकै बढेको छ । हालै मात्र काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रअ हेरम्बराज कँडेल त्रिभुवन विश्वविद्यालयबाट पीएचडीका अध्ययनका लागि औपचारिक रूपमा आबद्ध भएका छन्। यो क्रम पछिल्लो समय निकै बढेकोे छ ।

कक्षाकोठामा सकारात्मक प्रभाव
नील वाराही माविका प्रअ डा पौडल आफूले पीएचडी उपाधि लिएपछि कक्षाकोठा, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकमा समेत यसले सकारात्मक प्रभाव पारेको अनुभव सुनाउन्छन । कक्षाकोठामा जिम्मेवारी थपिएको र अध्यापनको क्रममा समेत आत्मबल बढेको महसुस भएको उनको भनाई छ ।

विद्यालयका शिक्षक तथा महिला शिक्षकमा समेत अध्ययन गर्ने रुचि बढेको आफूले पाएको जानकारी उनले बताए । आफ्ना धेरै सहकर्मीले एमफिल तहको अध्ययनमा समेत जुटेको उनको भनाई छ यसबाट सामुदायिक विद्यालयको साख बढाउन मद्दत पुग्ने जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot