Logo

बैंक कर्जा अघिल्लो वर्षको आधा



काठमाडौं, कार्तिक ७ । कोरोना महामारीका कारण बैंकिङ क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ। कोरोनाले व्यवस्थापकीय खर्च वृद्धि भइरहेको बेला बैंक तथा वित्तीय संस्थाले नाफा गर्ने प्रमुख माध्यम कर्जा लगानी बढ्न सकेको छैन। खर्च बढने तर आम्दानी नबढने भए पछि यो क्षेत्रमा असर पर्ने भएको हो।

गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो त्रैमास ९साउन–असोज० मा वाणिज्य बैंकहरूको कर्जा विस्तार ४७ प्रतिशत कम भएको नेपाल बैंकर्स संघले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ अर्ब रूपैयाँ कर्जा विस्तार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कर्जा विस्तार एक खर्ब २५ अर्ब रूपैयाँ भएको थियो। कोरोना महामारीका साथै यो वर्ष बैंकहरूले शाखा विस्तार लगायतका काम गरेकाले पनि खर्चको बढोत्तरी भएको बैकर्स बताउँछन्। एकातिर खर्च वृद्धि र अर्कोतर्फ आम्दानी घट्दा आर्थिक असन्तुलनको सम्भावना देखिएको बैंकर्सको गुनासो छ।

त्यस्तै राष्ट्र बैंकले कोरोनाको मारमा परेका उद्योग, व्यवसायलाई बचाउन ऋणीहरूलाई ब्याज सुविधा दिने निर्णय गर्दा बैंक तथा वित्तीय संस्थाले थप आम्दानी गुमाए। राष्ट्र बैंकले कम्तीमा ६ महिनादेखि दुई वर्षसम्म बैंक तथा वित्तीय संस्थालाई कर्जामा सुहलियत दिनुपर्ने निर्देशन दिएको छ।

‘कोरोना महामारीका कारण आफैं मारमा परेका बैंक तथा वित्तीय संस्थाले ब्याज पुँजीकरणमा सुविधा दिनुको साथै कर्जा लगानी हुन नसकेपछि नराम्रोसँग क्षति बेहोर्ने देखिएको छ,’ एक बैंकर्सले भने। बैंक तथा वित्तीय संस्थामा परेको यकिन असर भने पहिलो त्रैमासको प्रतिवेदनबाट प्रस्ट हुने उनको भनाइ छ।

आर्थिक वर्ष ०७६र७७ को आठ महिना सबै बैंक तथा वित्तीय संस्थाले अवरोधबिना काम गर्न पाएका कारण सबैले केही न आम्दानी गरेका थिए। कतिपय विज्ञ भने दोस्रो वा तेस्रो त्रैमासमा कतिपय बैंक तथा वित्तीय संस्था ऋणात्मक अवस्थामा जानसक्ने सम्भावना देखिएको बताउँछन्। गतवर्ष सरकारले नेपालमा लकडाउन गर्न सुरु गरेको थियो। लकडाउन सुरु गरेपछि आर्थिक गतिविधिमा असर पर्न सुरु भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot