दीपक भण्डारी : मान्छे को सोच न हो ऊ आपूmलाई सही देख्छ। मान्छे आपूm सही छु भन्ने साबित गर्नको लागि अरूको कमी कमजोरी केलाउने गर्छ। ऊ कसैलाई नराम्रो देखाउनको लागि कसैसँग निकट हुन्छ भने त्यो निकटता देखावटी हुन्छ र त्यो टिक्दैन। हामी हाम्रै समाज,घर परिवारमा देख्न सक्छौँ । स्वयंमा खराब प्रवृत्ति भयो भने अरूलाई पनि खराब नै देख्छ किनकि उसले अरूमा राम्रो देख्न सक्दैन अथवा उसले अरूमा भएको राम्रो कुरा देख्नै सक्दैन र गलत कुरा मात्र देख्छ । उसमा इष्र्या र जलन हुन्छ र ऊ सधैँ भरि दुःखी रहन्छ।
सानो मन र चित्त भएका मान्छेहरू अरूको बारेमा राम्रो सोच्न सक्दैनन् । समाजमा एकथरी मान्छे हुन्छन् आपूmलाई सारै असल देख्छन्,अरूलाई अर्ती उपदेश दिन्छन् तर आफ्नो कमजोरी कहिल्यै नियालेर हेर्दैनन्। आपूmलाई धेरै जान्ने सुन्ने ठान्छन् र अरूको अस्तित्वको कदर नै गर्दैनन् र तिनलाई अरूको कुरा सुन्ने धीरता नै हुँदैन। आफ्नो गल्ती र कमजोरी छोप्नको लागि पनि उनीहरू अझै झन् धेरै देखावटी गर्छन् र आफ्नो कुरा माथि पार्ने गर्छन्,सम्भव भएसम्म आफूलाई सही नै सावित गर्छन् । अर्को पक्ष निर्बल छ,सिधा छ भने ऊ अन्यायमा परेको हुन्छ । समाजले उसैलाई गलत देख्छ किनकि ऊ आफ्नो कुरा राख्न सकिरहेको हुँदैन, यसैले पनि यथार्थमा सही मान्छे गलत र गलत मान्छे सही देखिएको हुन्छ – यो भ्रमित संसारमा ।
मलाई कहिले काहिँ दिक्क लाग्छ – हाम्रो समाजलाई हेर्दा । नारीको अपहेलना नारी स्वयम्ले गर्छन्। नारीमाथिको दमन नारीले नै गरेको देखिन्छ। पुरुषवादी समाजलाई थप प्रोत्साहन दिने काम गरिरहेका हुन्छन् नारीले । दमन किन हुन्छ भन्ने कुराको गहिराइमा पुग्दा आफूभन्दा अरूमाथि उठ्छ किभन्ने डर एक कारण देखिन्छ भने आफू पनि अरू कोहीबाट हेपिएको र पेलिएको महशुस हुनु अर्को कारण हो। यो प्रवृत्तिलाई जरैदेखि उँखेलेर फाल्नको लागि शिक्षा चाहिन्छ र त्यसमा पनि व्यावहारिक शिक्षाको खाँचो छ । आफूमाथि उठ्न आफ्नो समाजलाई,आपÞm्नो वर्गलाई सँगसँगे माथि उठाउनुपर्छ भन्ने बोध हुनु अत्यन्त आबश्यक छ। यसको सुरुवात आफूबाट नै हुनु आवश्यक छ र आफ्नो घर–परिवारबाट नै सुरुवात हुनु आवश्यक छ। यो वास्तविकतालाई बुभ्mदा जति पुरुषवादी सोच गलत छ त्यत्तिनै नारीहरू स्वयम् गलत देखिन्छन् । गलत परिवेशको जड अशिक्षा हो। शिक्षाबाट प्राप्त राम्रो सोच नै विकारी मानसिकतालाई परिस्कृत गर्ने एउटा ठूलो माध्यम हो। यसो हेर्दा गलत हाम्रो शिक्षा प्रणालीमा देखिन्छ।
साना साना कुरामा मनमा खिन्नता ल्याउनु भन्दा साना साना कुरामा खुशी हुने बानी बसाल्नुपर्छ। घर–परिवार,टोल–समाजमा साना साना कुरामा मन मुटमुटाव भएको देखिन्छ । अचम्म लाग्छ, मान्छे किन नयाँ सम्बन्ध जोड्न खोज्दा पुराना सम्बन्ध यथावत् राख्न सख्दैन । कसैसँग भएको सम्बन्ध राम्रो बनाउनको लागि अर्कोसँग भएको सम्बन्धलाई यथावत् राख्न सक्दैन। दुई भिन्न वस्तुहरूको गुणमा भिन्नता हुनु स्वाभाविक मान्न सकिन्छ। कसैको निमित्त अरूको गुणलाई पनि सहर्ष स्विकार्न सकी आफ्नो गुणलाई यथावत् राख्न्न सक्नु आफ्नो जीवनलाई भित्री रूपमा बुभ्mन सक्नु हो।
हामी उदाहरणको लागि हेर्न सक्छौँ– हामी बाँच्नका लागि दैनिक रूपमा प्रयोग गरिने खानालाई हेर्ने हो भने तरकारीमा प्रयोग हुने मसलाहरूको पनि आ–आफ्नो गुण हुन्छ नुन,बेसार,तेल आदि सबैले एकअर्काको गुणलाई स्वीकार गरेर तरकारीलाई स्वादिष्ट बनाउने काम गर्छन् । त्यसै गरी हामी हाम्रो जीवनमापनि पर वस्तुको गुणलाई स्वीकार गरेर जीवनलाई चोपिलो बनाउनुपर्छ । कुनै पनि वस्तुको कमजोरी त्यसलाई प्रयोग गर्न नजान्दा हुन्छ । जस्तै ः तरकारीमा नुन धेरै हाल्यो भने तरकारी चर्को हुन्छ,बेसार धेरै हाल्यो भने तीतो हुन्छ, त्यही ठिक्क मात्रा मिलाएर हालियो भने स्वादिष्ट हुन्छ । त्यसैगरी सम्बन्ध पनि ठिक्क मात्रामा प्रयोग ग¥यो र समदूरी कायम राखी सम्बन्धलाई अगाडि लगियो भने सम्बन्ध सुमधुर हुन्छ र यथास्थितिमा रहन्छ। यसो हेर्दा गलत कोही पनि हुँदैन । हरेकमा सकारात्मक तत्त्व हुन्छ,हामीले ग्रहण गर्न मात्र सक्नुपर्छ र सबैलाई सही सावित गर्नुपर्छ।हाम्रो समाजमा पनि आ–आफ्नो सोचाइ,स्वभाव,विचार,सिद्धान्त हुन्छ। कुनै विचार,कुनै सोचाइ,कुनै स्वभाव अनि कुनै सिद्धान्त आफैमा सही र आफैमा खराब हुँदैन । त्यसलाई प्रयोग गर्ने समय,तरिका,परिस्थिति अनि मात्रा मात्र मिल्नुपर्छ, सबै कुरा सही र सहज बनिदिन्छ।
त्यस्तै दलित,जात जातिको कुरा गरी हामीहरू उनीहरूको अधिकार र कोटाको कुरा गर्छौं,आराक्षणको कुरा गर्छौं । तीतो यथार्थ हेर्ने हो भने तिनै दलित समुदाय भनिने समुदाय,पीडित समुदाय भनिने पीडित समुदायबाट एउटा नेता निस्किन्छ र ऊ नेता रहिरहनको लागि आफ्नो समाजलाई देखावटी रूपान्तरणको लागि लडेकोजस्तै गर्छ तर समाजलाई माथि उठ्न दिँदैन। यो उदाहरण सबैमा लाद्न नमिल्ला तर अमिलो मनले स्विकार्नुपर्छ, यो धेरै मानिसमा लागू भएको देखिन्छ। यदि माथि उठ्ने हो भने जाति,धर्म,दलितको घेरामा साँघुरिनु भन्दा त्यो घेरालाई मेटाएर मानव जातिकै लागि समर्पित हुन सक्नुपर्छ। पीडितवर्गलाई सहानुभूतिको आवश्यकता छैन । उसको पीडाको जड उँखेलिदिए पुग्छ। हामीले कसैलाई बिचरा भनेर सहानुभूति दिने र आफू माथि परेर उसलाई होच्याउने प्रवृत्ति छोड्न सक्नुपर्छ। यो समाजमा कसैमा अभाव छ भने सम्पन्नलाई गालीगर्ने र उसको हडप्ने र उसलाई पनि अभावको महशुस दिलाउने उद्देश्य हुनु हुँदैन, बरु उत्पीडित समाजलाई पनि कसरी पीडा रहित र अभावमुक्त बनाउने उद्देश्य लिनुपर्छ।
नेतृत्ववर्ग आफ्नो र दलीय स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ। यतिभन्दाभन्दै पनि नेताको के दोष हामी आफैतिर फर्केर हेरौँ ।हाम्रै देश नेपालको परिवेश हेर्ने हो भने हामीले व्यवस्था त धेरै परिवर्तन ग¥यौँ तर नेतालाई गाली र गलत साबित गर्दै उही नेतालाई चुन्ने काम गरिराखेका हुन्छौँ । गलतकतै हामी नै छौँ कि! एउटै नेताको पछाडि जीवनभर लाग्ने ?
हाम्रै देश नेपालको अहिलेको परिवेश हेर्ने हो भने पनि विगत छ/सात महिनाको समाचारलाई नियाल्दा एउटै समाचार देखिनछ, मन्त्रीमण्डल पुनर्गठनबारे । ‘आजै पुनर्गठन हुने,तालमेल मिल्यो,यो तालमेल मिलेन,शीर्ष नेता बीच तीन घण्टा छलफल,ऊ त हिस्स प¥यो,उसले नयाँ दौरा–सुरुवाल सिलायो,यो तीन महिना यथावत् रहने,सबै हेरेको हेरै, यस्तो भयो निर्णय’आदि इत्यादि । हामी यस्तै समाचार हेरेर आफ्नो अमूल्य समय बर्वाद बनाएका छौँ । हो,हामी समाचार हेर्दै गर्दा हामीलाई विश्वास त हुँदैैन तर हेर्न चुक्दैनौँ,हेर्ने मात्रहोर त्यसलाई कार्यालयमा चियागफको सामग्री बनाउँछौँ ।
हामीले त्यति बिधी त्यो विषय वस्तुमा प्रवेश गर्नुपर्ने नै होइन,हाम्रो काम त पाँच वर्षमा नेतृत्व चुन्दा नै समाप्त हुन्छ – अर्को पाँच वर्षका लागि । हामीले हेर्नुपर्ने समाचार त नेतृत्वले सही दिशामा काम गरेको छ कि छैन, हेर्ने हो विकासका के के काम भएका छन् ,आफ्नो क्षेत्र र आफ्नो विज्ञताको प्रयोग गरी सानो भन्दा सानो योगदान पु¥याउनकहाँ सकिन्छ ?त्यो बुभ्mने र सही एवं पूर्ण जानकारी लिएर बस्नु हो । फेरि नेतृत्व चयन गर्दा सही नेतृत्व चयनको लागि आफ्नो मत दिने हो। यदि हामी यो गर्न सक्दैनौँ भने र हामी सबै कार्यकर्ताको बाहिरी आवरण लगाउछौँ भने गलत हामी पनि हौँ। हामीले सधैँ भरि गलत देखाउने नेता मात्र होइन, उसलाई सचेत गराउन नसक्ने,उसलाई बाटो बिराएको देखाउन नसक्ने हामी पनि गलत हौँ । उसलाई सच्चिने मौका दिन नसक्ने हामी पूर्ण रूपमा गलत हौँ, होइन र !
मानिसको स्वभाव हो –आफ्नो क्षेत्र भन्दा अरूले अँगालेको क्षेत्रमा दख्खल दिने । हामी परिस्थिति बुभ्mदैनौँ अन्दाज गर्छौं र हल्का टिपणी गर्छौं । एउटा उदाहरण हेरौँ– एक जना आफन्ती बिरामी पर्दा निजी अस्पतालमा लगियो। बाहिरी हल्ला सुनिएको थियो कि निजी अस्पताल त ब्रह्म लुट गर्छ। हाम्रा आफन्त पनि सिकिस्त हुँदै जानु भो, भेन्टिलेटरमा राख्नुपर्ने भयो, क्रिटिकल अवस्थामा पुग्नुभयो,बाहिर अर्को बिरामीका मानिसहरूको हुल थियो,ठूलो आवाजमा कराइरहेका थिए– बिरामी हिँडेर आएको थियो,आज यो अस्पतालले मा¥यो, यो अस्पताललाई छोड्नु हुन्न। फेरि कानमा अर्को शब्द छि¥यो – खर्च सबै छुट ग¥यो भने र बच्चाहरू पढाइदिने जिम्मा लियो भने लास उठाउने (मनमा चस्का हान्यो हेर निर्दयी मान्छेको कठोर हृदय, केही अगाडि मात्र मृत्युवरण गरेको लास माथि मोलमोलाइ। धिक्कार्छ यो संवेदनशीलता गुमाएको समाजलाई। त्यही क्षण क्ष्ऋग् बाट फोन आयो,हतार हतार गयौँ, डाक्टरले एकदमै गारो अवस्था छ,हामीले कोशिस गरेका छौँ, जे पनिहुन सक्छ भन्ने जानकारी दिए। हामी पनि दुःखी भयौँ। एक मनले सोच्यो– कतै….. बिल बढाउनको लागि भेन्टिलेटरमा त पु¥याइएन ……नाना थरी मनमा तर्कना आए । के के नकारात्मक कुरा दिमागले सोच्न पुग्यो तर हाम्रो लागिभने तिनै डाक्टर र अस्पताल भगवान् जस्तै भएर निस्किए। हामीले बिरामीलाई मष्कअजबचनभ गरी सकुशल घर लिएर आयौँ ।यही घटनालाई हेर्दा पनि कसैको लागि त्यही चिज गलत भइदिन्छ, कसैको लागि त्यही सही।
त्यसैले आफ्नो जीवनकालमा घटेका र देखेका यस्ता उदाहरण र घटनाहरू हेर्दा पूर्ण रूपमा गलत कोही हुँदैनन् र सही पनि कोही हुँदैनन् ।कुनै पनि व्यक्ति वा वस्तुमा भएका राम्रा गुणलाई देख्न सके त्यही सही बनिदिन्छ र नराम्रा गुणहरू लिए त्यही गलत भइ दिन्छ,यो यथार्थ हो र यही परम सत्य पनि हो ।