Logo

महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीस कोरोना संक्रमित



नयाँदिल्ली, कार्तिक ९ । महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना पुष्टि भएको थियो ।

फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताएका छन् । साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिएका छन् । फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानका इन्चार्ज हुन् ।

 



प्रतिक्रिया दिनुहोस्