Logo

अर्जुननरसिंह केसीको घोषणा : ‘म सभापतिको उम्मेद्धवार हुँ, कोहीभन्दा कमजोर छैन्’



काठमाडौं, ९ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफू १४औं महाधिवेशनमा पार्टीको सभापतिको लागि बलियो उम्मेद्धवार भएको स्पष्ट पार्दै उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू सभापतिको लागि उम्मेद्धवार रहेको सुनाए । उनले भने,‘अहिले व्यक्ति होईन, विचारलाई प्राथमिकता दिनुपर्छ ।’ अहिले मुलुकमा व्याप्त भ्रष्टाचार काण्डबारे छानबिन गर्नुपर्छ भनेर अबको सभापति बन्नेले एजेण्डा बनाउनुपर्ने र आफूले यो एजेण्डा बोक्ने उनले सुनाए । उनले आफूले कोहीभन्दा पनि कमजोर नठानेको बताए ।

उनले पार्टीको केन्द्रीय समितिको बैठक दशैंको समाप्तीपछि बस्ने सुनाए । केसीले पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर आफूहरुले आवाज उठाईरहेको सुनाए । उनले भने,‘हामी चुक्ने कुरा नै भएन । गत चुनावमा लज्जास्पद हार व्यहोरौं । तोकिएको मितिमा अधिवेशन गराउँ भन्ने हाम्रो निरन्तर प्रयत्न भयो । अधिवेशन हामीले भनेर हुने कुरा पनि थिएन । सभापतिले हाम्रो कुरा सुन्नुभएन । हरेकले सारेर गएका छन भने मैले किन नसार्ने ? भनेर उहाँले गलत काम गर्नुभयो । एक वर्ष सर्यो पनि । अहिले त कोरोना भाइरसले सम्पूर्ण राष्ट्र नै आतंकित छ । महाधिवेशनको लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि संस्थापन पक्ष गम्भीर भएन । महाधिवेशनको तयारी गर्ने हो । तर, भएन । दस्तावेज लेख्ने काम पनि भएन ।’

पार्टी सभापतिलाई सबै नेताले सहयोग गरेको भन्दै उनले असहयोग भयो भनेर सभापतिले भन्नु हाँस्यास्पद भएको पनि टिप्पणी गरे । उनले भने,‘उहाँ त उहाँ हाम्रै सभापति हो । नाँच्न नजान्ने अनि आँगन टेढो भन्नुभएन नि । नेतृत्वकर्ताले समन्वय र संयोजन गर्नुपर्छ । उहाँलाई सहयोग गरेको हो । ६ महिनाभित्र विभाग गठन गरेको भए, गरेको गरैहुन्थ्यो । उहाँले आखिर गर्नुभएन । पार्टीलाई नियन्त्रण र कब्जा गर्न बहाना हो । आज दशैंको यो नवमीको दिन हो, म तिक्ततापूर्ण कुरा गर्न चाहँन्न । आफूले आँफैलाई विश्लेषण गरौं ।’

उनले अहिले देशमा झुठ र लुटको तन्त्र चलेको सुनाउँदै यो बेलामा सरकारलाई ठीक दिशामा ल्याउनको लागि पनि प्रतिपक्षी दल बलियो भएर उभिनुपर्ने तर्क गरे । उनले सुनाए,‘जनता भोकभोकै मरेका छन् । कतिपयले आत्महत्या गरिरेका छन् । हाम्रो कमजोरी हेर्नुपर्छ । समिक्षा गर्नुपर्छ । अहिले गठन गर्नसक्ने विभाग सभापतिले पहिले किन गर्न सकिएन ? नेपाली कांग्रेसको विधान पढ्नुहोस न । विधान गठन गर्ने अधिकार सभापतिको अधिकार त हो, तर ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ । विधानको अधिकार उहाँले प्रयोग गर्नसकनुहुन्छ नि ।’

अहिले सिगै लोकतन्त्रमाथि चूनौति थपिएको सुनाउँदै पार्टीको अबको महाधिवेशनपछि यी सबै समस्याको समाधान गर्ने नेतृत्व आउनुपर्ने बताए । उनले भने,‘म सभापतिको उम्मेद्धवार हुँ । मैले कुनैपनि किसिमको बार्गेनिङ गरेको होईन । म उममेद्धवार हुँ । अहिले पार्टीभित्र वैचारिक रुपमा व्यक्ति परिवर्तन होईन । यो पार्टीलाई नेतामुखी होईन, नीतिमुखी बनाउनुपर्छ । विधिसममत् ढंगले परिचालन गर्नुपर्छ । संस्थागत संरचनजा परिवर्तनको आवश्यकत्ता छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot