Logo

मुस्लिम बहुल पाकिस्तानका हिन्दूले पनि गर्दैछन् दुर्गा भवानीकाे पूजा



एजेन्सी, ९ कार्तिक। पाकिस्तानकाे कराँचीमा रहेका हिन्दूहरूले नवरात्रमा शक्ति स्वरूपा भवानीकाे पूजा गरी दशहरा मनाएका छन् । मुस्मील देश पाकिस्तानमा रहेका अल्प संख्यक हिन्दूहरूले बिगत देखि नै दशहरा मनाउन थालेका हुन ।
पाकिस्तानमा गुजराती हिन्दूहरू बसाेवास गर्छन । करीब १५ सयकाे हाराहारीमा कराँचीकाे नारायणापुरमा रहेका छन् ।

पूजामा सहभागी एक महिलाले बीबीसीलाइ बताए अनुसार उनीहरू दस दिन नै नजिकै मन्दीर जान्छन्, , पूजा गर्छन । उनीहरूले घर सजाउछन्, नयाँ लुगा लाउँछन्, परिकार बनाएर खान्छन् । र, साँझ पख डन्डिया खेल खेल्छन् ।

याे बर्ष काेभिड १९ काे महामारीमा पनि स्वास्थकाे उच्च सतर्कता अपनाएर उनीहरूले दशैं मनाइरहेका छन् ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्