Logo

पर्सामा चौरसिया हत्या प्रकरणमा मुद्दा दर्ता नभएको भन्दै प्रचण्डको आपत्ती (विज्ञप्तिसहित)



काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नमाथि कानुनी कारबाहीको माग गरेका छन् । उनले आज विज्ञप्तिमार्फत् अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गरेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ,’ प्रचण्डले विज्ञप्तिमार्फत् भनेका छन् । उनले केन्द्र सरकारलाई अबिलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेका छन् ।

६ कात्तिकमा पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ कार्यक्रममा नेकपाकै दुई पक्षबीच झडप हुँदा मुकेश चौरसिया घाइते भएका थिए । उनको उपचारका क्रममा निधन भएको थियो ।

नेकपाको दुई समूहबीच झडपमा चौरसियाको मृत्युले जन्मायो प्रश्न, काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

यो घटनामा मुद्दा दर्ता नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले हिजो नै विज्ञप्ति जारी गरिसेकेको छ ।



प्रतिक्रिया दिनुहोस्