Logo

चिनियाँ राजदूत यान्छीले बडादशैं पारेर सार्वजनिक गरिन् ‘रेशम फिरिरी’ गाएको भिडियो



काठमाडौं, १० कात्तिक । चिनियाँ राजदूत होउ यान्छीले नेपालको लोकप्रीय गीत रेशम फिरिरि गाएकी छिन् । उनले गाएको गीतको भिडियो सामाजिक सञ्जालमा राखेकी छिन् ।

रेशम फिरिरि गाउँदा राजदूत यान्छी उत्साही देखिन्छिन् । उनले आफ्ना सहकर्मीहरु र आफूले नेपाली गीत रेशम फिरिरि अभ्यास गरेर अन्तमा गाउन सफल भएको समेत बताएकी छिन् ।

उनले लेखेकी छिन्ः मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस!



प्रतिक्रिया दिनुहोस्

Screenshot