Logo

पाकिस्तानको एक मस्जिदमा बम विस्फोट, सात जनाको मृत्यु



एजेन्सी ११ कार्तिक। पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा बम विस्फोट भएको छ। बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मंगलबार धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् ।

विस्फोटमा मारिने अधिकांश बालबालिकाहरु रहेको जनाइएको छ । घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको जनाइएको छ । हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् ।

पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्