काठमाडौं, ११ कार्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी अहिले कोरोना संक्रमणसँग जुधिरहेका छन् । दुवै जनालाई एकैपटक कोभिड १९ को संक्रमण भएको छ । हिसिलाले बाबुरामसँगैको तस्विर सार्वजनिक गर्दै लेखेकी छिन्, हामीले सडक संघर्ष पनि सँगै गर्यौं, हामीले जनयुद्ध पनि सँगै लड्यौं, हामीले प्रचण्डको अधिनायकविरुद्ध पनि सँगै लड्यौं, हामी मन्त्रीपनि सँगै भयौं, र अहिले कोरोनाविरुद्ध पनि सँगै संघर्ष गरिरहेका छौं ।
We joined street struggle together!
We joined People’s War together!
We fought Prachanda’s tyranny together!
We became minister together!
And now we are struggling against COVID 19 together! pic.twitter.com/5wOrd4lrzE— Hisila Yami (@HisilaPost) October 27, 2020