Logo

च्याम्पियन्स लिगमा सिटी, बायर्न र लिभरपुललाई सफलता



एजेन्सी, १२ कात्तिक । च्याम्पियन्स लिग फुटबलको समूह चरणमा उपाधिका दाबेदार टोलीहरुले गएराति राम्रो प्रदर्शन गरेका छन् । साविक विजेता बायर्नले लोकोमोटिभ मस्कोमाथि २-१ को जित निकालेको छ ।

बार्यनलाई जित निकाल्न निकै कठिन भएको थियो । लिभरपुलले मिडजिल्यान्डमाथि २-० को जित निकालेको छ ।

म्यानचेस्टर सिटीले मर्सेलीमाथि ३-० को जित निकालेको छ । एथलेटिको म्याड्रिडले सल्जवर्गमाथि ३-२ को जित निकालेको छ ।

पोर्टोले ओलम्पिआकसमाथि २-० को जित निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्