Logo

खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो



एजेन्सी, १२ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड हारबाट जोगिएको छ । खेलमा २-० ले पछि परेको अवस्था खेलको अन्ततिर उल्टाएर रियलले बोरुसिया मोन्चेनग्ल्याडबाचलाई बराबरीमा रोकेको हो ।

थुरामले दुई गोल गरी रियललाई स्तब्ध पार्ने अवस्था बनिसकेको थियो । तर, ८७ औं मिनेटमा बेन्जामाले गोल गरी आशा बढाए । खेलको इन्जुरी समयमा कासेमिरोले गोल गरी रियललाई हारबाट जोगाए ।

यसैगरी, इटालीको टोली इन्टर मिलानले सक्तर डोनेट्स्कसँग गोलरहित बराबरी खेलेको छ । योसँगै ग्रुप बी को प्रतिष्पर्धा रोमाञ्चक बनेको छ ।

ग्रुप बीमा सक्तरको ४, बोरुसिया र इन्टरको २-२ र रियलको एक अंक छ ।



प्रतिक्रिया दिनुहोस्