Logo

रासफोर्डको ह्याट्रिकसहित म्यानचेस्टरको सानदार जीत



एजेन्सी, १३ कात्तिक । बेन्चमा रहेका रासफोर्डले मैदानमा प्रवेश गरी ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा सानदार जीत निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले आरबी लेप्जिगमाथि ५-० को फराकिलो जीत हासिल गरेको हो ।

खेलको २१ औं मिनेटमा ग्रिनवुडले गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, बेन्चबाट मैदान छिरेका रासफोर्डले दोस्रो हाफको अन्ततिर गोलको वर्षा गर्न थाले । उनले ७४, ७८ र ९२ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका थिए । ८७ औं मिनेटमा मार्सियलले पेनाल्टिमार्फत् गोल गरे ।

जीतसँगै ग्रुप एचमा म्यानचेस्टरले ६ अंक हासिल गरी अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्