Logo

मेस्सीको गोलमा बार्सिलोनाद्वारा जुभेन्टस पराजित



एजेन्सी, १३ कात्तिक । बार्सिलोनाले जुभेन्टसलाई पराजित गरेको छ । गएराति च्याम्पियन्स लिगको ग्रुप जी अन्तर्गतको प्रतिष्पर्धामा बार्लिलोनाले २-० को जीत हालिस गरेको हो ।

बार्सिलोनाको जीतमा मेस्सीले ९१ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे । यसअघि डेम्बेलेले पहिलो हाफको १४ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

अन्तिम समयमा रोनाल्डो खेल्न नपाउने भएपछि जुभेन्टसलाई नोक्शान परेको थियो । कोरोना भाइरसको संक्रमणका कारण रोनाल्डो आइशोलेशनमा थिए । उनको पुनः टेष्ट भएपनि नतिजाबारे खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्