पेरिस, कार्तिक १३ । फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै राष्ट्रपति माख्रोले उक्त घोषणा गरेका हुन् ।
राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले सबै फ्रान्सेलीले अब उच्च सतर्कता अपनाउनुपर्ने र यसको विकल्प नहेको बताएका छन् ।
नयाँ घोषणा शुक्रबारदेखिलागू भएर डिसेम्बर १ सम्म जारी रहने छ । त्यस्तै, स्कुलहरु खुला रहने छन भने सर्वसाधारणले अत्यावश्यक सामान खरिद, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने छन् । कफी, रेस्टुरेन्ट, बारहरु पूर्णरुपमा बन्द रहनेछन । सुपरमार्केट र फार्मेसीहरुहरु भने खुला रहने छन् ।