काठमाडौं, १३ कात्तिक । सञ्चारकर्मी रवि छामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
मंगलबार साँझबाट हल्का ज्वरो आएपछि बुधबार पिसिआर टेष्ट गर्दा आफूहरुमा संक्रमण पत्ता लागेको खुलाएका छन् । उनले स्वास्थ्य सुरक्षा कायम गर्न समेत आग्रह गरेका छन् ।